नेपालकै पुराना शिलालेखहरु जिर्ण अवस्थामा (भिडियो रिपोर्ट)

नेपालकै पुराना शिलालेखहरु जिर्ण अवस्थामा (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

रामजी बलामी। 

मकवानपुरको थाहा नगरपालिका ६ मा रहेको टिष्टुङ लघु उपत्यकाले सिंगो नेपालकै गर्विलो इतिहास बोकेको छ । टिष्टुङ र यस आसपासका ठाउँहरुमा विभिन्न समयका ऐतिहासिक अभिलेखहरु भेटिएका छन् ।

त्यसकारण पनि यो ठाउँ अभिलेखहरुको संग्राहलय हो । यहाँ भएका ऐतिहासिक अभिलेखहरुका कारण टिष्टुङ उपत्यका नेपालको अमूल्य सम्पदा बन्न पुगेको छ । त्यसैले त भनिन्छ ‘टिष्टुङ नपुगी इतिहासको अध्ययन नै पूरा हुँदैन ।’ इतिहास अध्ययन गर्ने विद्यार्थीहरुका लागि महत्वपूर्ण खुराक उपलब्ध हुने ठाउँ हो टिष्टुङ । टिष्टुङमा रहेका प्रमुख तीन वटै शिलालेखको सुरुवात ‘स्वस्ती नैपालेभ्य’ शब्दबाट भएको छ । यसको अर्थ ‘नेपाल र नेपालीहरुको कल्याण होस’ भन्ने हुन्छ ।

त्यसो त नेपालको नामाकरणसँग समेत यो वाक्य जोडिएको छ । कतिपयले यो शिलालेखलाई नै नेपालको इतिहासमा सबैभन्दा पुरानो शिलालेखका रुपमा पनि मान्दै आएका छन् । तर, विडम्वना यहाँ भएका ऐतिहासिक शिलालेखहरुको अवस्था नाजुक छ । यहाँ भएका शिलालेखमध्ये एउटा खेतको पाटामा त्यतिकै राखिएका छन् भने अर्काे खुल्ला चौरमा रहेको छ । त्यस्तै एउटा शिलालेख भने विद्यालयको कक्षाकोठाभित्र रहेको छ । उचित संरक्षणको अभावमा यहाँका शिलालेखहरुमा कुदिएका अक्षरहरु मेटिदै गएका छन् ।

हेरौं यो भिडियोमा 

यो पनि 

 

Logo