काठमाडौं,
सेवाग्राहीसँग १८ लाख घुस लिएको आरोपमा नेकपाका महासचिव विष्णु पौडेलका ज्वाई उच्च अदालतका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्चमा मुद्धा दर्ता भएको छ ।
काभ्रेका उमेश बाँनियाले न्यायाधीश ढकालविरुद्ध मुद्धा दर्ता गरेका हुन् । यसअघि उनको रिटमा सर्वोच्चले दरपिठ गरेको थियो । त्यसविरुद्ध बानियाँ इजलासमा निवेदन लिएर गएका थिए ।
न्यायाधीश सपना मल्ल प्रधानको इजलासले मुद्धा दर्ता गर्न आदेश दिएपछि मुद्धा दर्ता भएको हो । सो रिटको पेशी ९ जेठका लागि तोकिएको छ । न्यायाधीश मल्लको इजलासले भने न्यायपरिषदको निर्णयविरूद्ध रिट परिसकेपछि त्यो विषयमा इजलासले निरूपण गर्न सक्ने भनेको छ ।
‘निवेदकले उठाएको रिट निवेदन दर्ता नगरी दरपीठ गरेको विषयको प्रकृति हेर्दा न्यायिक प्रकृयाबाट बेन्चबाट नै निरूपण गर्नुपर्ने विषय देखिएकाले रजिष्ट्रारबाट गरिएको दरपीठ आदेश बदर गरिदिएको छ,’ सो इजलासको आदेशमा भनिएको छ ।
उजुरीकर्ता उमेश बानियाँले मिति, हुलिया र रकम किटेर न्यायाधीश ढकाल बिरुद्ध १८ लाख लिएको आरोप लगाउदै न्याय परिषद् सचिवालयमा निवेदन दर्ता गराएका थिए ।
राजधानीबाट





























प्रतिक्रिया