प्रहरीले नै बलात्कार गरेपछि…

प्रहरीले नै बलात्कार गरेपछि…

केन्द्रबिन्दु
0
Shares

पश्चिम नवलपरासीमा सर्वसाधारणको सुरक्षार्थ खटिएका प्रहरीमाथि नै बलात्कारको आरोप लागेको छ।  सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै स्थानीयले प्रदर्शन गरेका छन् ।

गत बैशाख १ गते स्थानीय एक १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपसहितको घटना बाहिर आएपछि  स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारवाही प्रक्रिया अघि बढाएको छ ।

निलम्बन पर्नेमा दङ्गा नियन्त्रण प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानद्वय डडेल्धुरा, मास्माण्डु गाउँपालिका–८ का २५ वर्षीय प्रेम खड्का र दाङ गडवा गाउँपालिका–४ का २३ वर्षीय पाटेश्वर यादव छन् ।

उनीहरु दुवैलाई जबर्जस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको छ ।

Logo