नेपाल प्रहरीको पछिल्लो अध्ययनले हत्या, हिंसा तथा बलात्कारजन्य घटनाको दर उल्लेख्य सख्यामा बढ्दै गएको देखाएको छ ।
राजधानी काठमाण्डौमा आईतबार आयोजित समुदाय–प्रहरी साझेदारी विषयक अन्तरक्रियामा महानगरिय प्रहरी परिसर काठमाण्डौका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले ५ सय वटा हत्याका घटनामा गरेको विश्लेषणमा ३० वटा घटनामा श्रीमतीले श्रीमानको हत्या गरेको पाईएको बताएका छन् ।विश्लेषणमा १ सय ५३ वटा घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको पाइएको छ। त्यस्तै ४० प्रतिशत आत्महत्या सामाजिक सञ्जालको दुरुपयोगका कारण भएको पाईएको छ ।
उनले गाँजा चरेस सेवन लगायत सामाजिक विकृति, समाजिक सञ्जालको बढ्दो दुरुपयोग लगायत कारणले हिंसाजन्य घटनामा वृद्धि गरेको बताए । उनले हत्या, हिंसा र बलात्कारका घटना गत सालको भन्दा दोब्बर बृद्धि भएको बताए । उनले निर्मला पन्त प्रकरणपछि नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्ने लगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भईरहेको भएपनि त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतिको विषय बनेको बताए ।
पछिल्लो समय बलात्कारजन्य घटनामा ६४ प्रतिशत पीडीत १८ बर्ष भन्दा मुनिका बालिका भएको र उनीहरु घरपरिवार, नातागोता, छिमेकी , सहकर्मी, शिक्षक लगायतबाट नै बलात्कृत हुने गरेको छ । उनका अनुसार यसअघि १६ बर्ष भन्दा माथिका उमेर समुहका बालिकामाथि बलात्कार दर बढ्दो थियो ।





























प्रतिक्रिया