गर्मी बढेपछि चीनका सडकमा जोडियो स्वचालित ‘स्मार्ट वाटर स्प्रे’

गर्मी बढेपछि चीनका सडकमा जोडियो स्वचालित ‘स्मार्ट वाटर स्प्रे’


एजेन्सी । गर्मी बढेसँगै चीनमा मानिसहरुलाई जीवनयापनमा कठिनाई भईरहेको छ । विशेषगरी विद्यार्थी, कामको लागि बाहिर जाने र विभिन्न पसल संचालन गर्दै आएका मानिसहरु गर्मीका कारण प्रभावित भएका छन् । आउने दिनमा गर्मी अझै बढ्ने सम्भावना रहेको छ।

गर्मी बढ्दै गएपछि चीनको मध्य क्षेत्रमा रहेको हेनान प्रान्तमा ‘स्मार्ट वाटर स्प्रे’ जडान गरिएको छ । शहरभर जडान गरिएका १० वटा स्मार्ट स्प्रेले हावाको तापक्रमको पहिचान गरि स्वचालित रुपमा आफै पानीका फोहोरा फाल्छ ।

विशेष गरी बस स्टप र पार्कहरुमा यस प्रकारका स्प्रे जडान गरिएका हुन् । यसले वातावरण प्रदुषणमा कमी आउने र गर्मीका कारण प्रभावित मानिसहरुलाई केही राहत दिने चिनियाँ अधिकारीहरुले दाबी गरेका छन् ।

 

Logo