तिलौराकोट,
प्रधानमन्त्री केपी ओली २५६३ औँ बुद्धजयन्ती, लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यक्रम समुद्घाटन कार्यक्रममा सहभागी हुन तिलौराकोट आएका छन् । प्रधानमन्त्री शुक्रबार साँझ सवा ६ बजेतिर तिलौराकोट आइपुगेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले शुक्रबार बुद्धको क्रीडास्थल तिलौराकोटको अवलोकन गरेका छन् । त्यसक्रममा उनले तिलौराकोटमा गरिएको उत्खनन, अनुसन्धान र संरक्षणले यसको विकासमा टेवा पुग्ने भन्दै तिलौराकोटको विकासलाई संघीय सरकारले पनि प्राथमिकतामा राखेको बताए ।
प्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले तिलौराकोटको ऐतिहासिक पृष्ठभूमि तथा उत्खनन् र अनुसन्धानबाट प्राप्त उपलब्धिबारे जानकारी गराएका थिए । विगत ६ वर्षदेखि तिलौराकोटमा उत्खनन् चलिरहेको छ । वर्षमा दुई महिना मात्र उत्खनन् गरिने हुनाले काममा ढिलाइ भएको भिक्षु मैत्रेयले प्रधानमन्त्री ओलीलाई अवगत गराए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया