सोलुखुम्बु,
सगरमाथा आरोहणको विहिबार तेस्रो दिन करिब एक सय जनाले सगरमाथा आरोहण गरेका छन् । बसन्त ऋतुमा आरोहण अनुमति पाएका आरोही अहिले शिखरतर्फ धामधम गइरहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिहीबार विदेशी र नेपाली गरि करिब एक सय जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले कति विदेशी, कति नेपाली भन्ने संख्या निक्यौल गर्न बाँकी रहेको बताए ।
पहिलो दिन मंगलबार ८ जना गाइडले बाटो बनाउँदै शिखर पुगेपछि यो यामको आरोहण सुरु भएको थियो । बुधबार करिब ५० आरोही शिखरमा पुगेको सम्पर्क अधिकृत श्रेष्ठले आधार शिविरबाट जानकारी दिए ।
यो याममा पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका ३७८ जना आरोहीले आरोहण अनुमति पाएका छन् । जसमा १३ जना नेपाली छन् । आधार शिविरमा आरोहीका सहयोगी, नेपाल सरकारका सम्पर्क अधिकृत छन् भने त्यसमाथि आरोहण दलका सदस्य बढी छन् । क्याम्प चार सम्म आरोहीका लागि आवश्यक अक्सिजनदेखि खानेकुराहरु समेत बन्दोबस्तीका साथ राखिएको छ ।
नागरिकबाट





























प्रतिक्रिया