काठमाडौं,
काठमाडौं उपत्यकामा नौ महिनामा ६ हजार दुई सय ८२ सडक दुर्घटना भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंको तथ्यांक अनुसार चालू आर्थिक वर्षको चैतसम्मका दुर्घटनामा १९२ जनाको मृत्यु भएको छ । २३३ जना सख्त घाइते भएका छन् भने चार हजार २९७ जना सामान्य घाइते भएका छन् ।
चार हजार ८८ मोटरसाइकल, स्कुटी दुर्घटनामा परेका छन् । तीन हजार ९१३ कार, जिप र भ्यान दुर्घटनामा परेका छन् भने एक हजार ४३५ बस दुर्घटना भएको प्रहरीले जनाएको छ । एक हजार ३०१ ट्रक, टिपर र ९४ वटा टेम्पो,ट्र्याक्टर दुर्घटनामा परेको महाशाखाका प्रवक्ता एसपी रवीन्द्र केसीले जानकारी दिए । गत आर्थिक वर्षमा ६ हजार ३८१ दुर्घटना भएका थिए भने १९४ ले ज्यान गुमाएका थिए ।
काठमाडौं उपत्यकामा दुई हजार १४ किलोमिटर सडक छ । तर, सवारी संख्या भने करिब १० लाख रहेको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरी तथ्यांकअनुसार उपत्यकामा ६१ किमि राष्ट्रिय राजमार्ग, ४८८ किमि सहायक राजमार्ग, १५८ किमि विस्तार भइरहेको सडक र १३०४ किमि भित्री सडक छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया