श्रमिक र उद्योगीबीच सहमति : चिया श्रमिक काममा फर्किंदै

श्रमिक र उद्योगीबीच सहमति : चिया श्रमिक काममा फर्किंदै

केन्द्रबिन्दु
0
Shares

इलाम,

आन्दोलनरत पूर्वका चिया श्रमिक र उद्योगीबीच न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन विषयमा सहमति जुटेको छ । श्रमिकका माग पूरा गर्न उद्योगी सहमत भएपछि श्रमिकले जारी राखेको ४३ दिनदेखिको आन्दोलनसमेत स्थगित भएको छ ।

झापाको बिर्तामोडस्थित छत्र गिरीको निवासमा सोमबार भएको करिब साढे १० घण्टा लामो वार्तामा सहमति जुटेको हो । न्यूनतम् ज्याला कार्यान्वयनसहित आफूहरूका माग पूरा गर्न उद्योगी सहमत भएपछि डेढ महिनायताको आन्दोलन स्थगित गरिएको वार्तामा सहभागी नेपाल चिया बगान श्रमिक संघ अध्यक्ष दीपक तामाङले बताए । ‘हामीले राखेका सबै माग पूरा गर्न उद्योगीहरू सहमत भएका छन्,’ उनले सोमबार साँझ भने, ‘हाम्रा माग पूरा गर्ने सहमतिमा अहिल्यै हस्ताक्षर हुँदैछ, हामी भोलि काममा फर्किँदैछौं ।’

गत साउन १ देखि नै लागू हुनेगरी सरकारले तोकेको न्यूनतम् ज्याला तोकिएकै मितिदेखि लागू गर्ने सहमति भएको अर्का श्रमिक नेता सहीकुमार राईले बताए । ‘अब झापाका सबै चिया कारखाना भोलिदेखि खुल्नेछन्, हामी काममा फर्किनेछौं ।’ वार्तामा श्रमिकको तर्फबाट तामाङ, राई, सीता सापकोटा, भूपाल सापकोटा, सन्तकुमार राई र यज्ञप्रताप अधिकारी सहभागी थिए । उद्योगीको तर्फबाट वार्ता टोली संयोजक छत्र गिरी, चण्डी पराजुली, कुमार गिरी र शिवकुमार गुप्ता लगायत सहभागी थिए ।
नागरिकबाट

Logo