संघीय संसदको प्रत्यायोजित वयस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले वर्तमान सरकारले जनताका आकाँक्षा अनुरुप काम गरिरहेको दावी गरेका छन् । मकवानपुरको फाखेलस्थित कालिका माविको ५८ औं अविभावक भेला तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति विडारीले विगतमा भताभुङ्ग र लथालिङ् पारिएको कामलाई सच्याँउदैमा केही समय खर्च भएको र अब कामको मेलो समाएको बताएका हुन् ।
पाँच वर्ष ढुक्क संग काम गर्ने भएकाले यो सरकारले जनताको आकाँक्षा क्रमश पुरा गर्दै लाने उनको दाबी छ । आगामी बजेटमा जेष्ठ नागरिक भत्ता बढ्ने बताउंदै विडारीले हरेक गाँउपालिकामा प्राविधीक शिक्षाको सुरुवात गरेको बताउँदै कालिका मावि मकवानपुरकै नमुना स्कुल बनाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
आफु करिव २५ वर्षपछि कम्युनिष्ट नेताहरुको सेल्टरभुमी फाखेलमा आउन पाएकोमा खुसी व्यक्ति गर्दै उनले त्यतिबेला थाहा आन्दोलनका क्रममा जनता जगाउन हरेक डाँडापाखा डुलेको स्मरण गरे । राष्ट्रिय सभा सदस्य समेत रहेका बिडारीले कृषि प्रविधिक कक्षा उद्घाटन, वाल उद्यान उद्घाटन, विद्यालय पोशाक तथा व्याग वितरण, डिजीटल स्मार्ट कक्षा उद्घाटन, मण्टेश्वरी बिधि सहितको कक्षाको उद्घाटन समेत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनवीर स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिका अध्यक्ष जीवन लामाले योजनावद्ध रुपमा गाँउपालिकाले विकासमा जोड दिएको बताउँदै केन्द्रीय योजनाहरुमा समेत समावेश गरिदिन आग्रह गरे ।
कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका खिलनाथ धमला, ५ नम्बर वडाका वडा अध्यक्ष धनराज महर्जन, विद्यालयका प्रधानअध्यापक हस्ताबहादुर राई, वडा अध्यक्ष धनराज महर्जन, सिड नेपालका निर्देशक केपी काफ्ले लगायले समेत विविध विषयमा आ आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा नेकपा नेता तथा समाजसेवी रामचन्द्र बल, नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारी, खानेपानी तथा सरसफाई केन्द्रीय उपभोक्ता महासंघका सदस्य गौतमवुद्ध लामा, समाजसेवी धिरज लामा, रेडियो इन्द्रसरोवरका प्रमुख तथा वाल सहजकर्ता पुष्कल गोले लगायत विभिन्न क्षेत्रका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।





























प्रतिक्रिया