आजको मौसम : पश्चिमी वायुको प्रभावले आज र भोलि वर्षाको सम्भावना

आजको मौसम : पश्चिमी वायुको प्रभावले आज र भोलि वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्र र पूर्वी पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

पश्चिमी क्षेत्रमा विकसित भएको वायु, राजस्थानमा बनेको न्यून चापीय क्षेत्र र स्थानीय वायुको प्रभावले सोमबारसम्म मौसम बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

राति देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज आइतबार देशभरि नै सामान्यदेखि पूर्ण बदली रही देशको पूर्व र मध्यभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

सोमबार देशभरि नै आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थान, मध्य र पूर्वका धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Logo