देशैभर ह्वात्तै बढ्यो गर्मी, नेपालगन्जको तापक्रम ४३ डिग्री पुग्यो

देशैभर ह्वात्तै बढ्यो गर्मी, नेपालगन्जको तापक्रम ४३ डिग्री पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

केही दिन यता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । सोही कारणले विहिवार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ ।

विहीवार नेपालगञ्जको अधिकतम तापक्रम ४३ डिग्री मापन भएको छ भने धनगढी र दिपायलको अधिकतम तापक्रम ४० डिग्री भन्दा माथि छ । धनगढीको तापक्रम ४२ दशमलव ४ र दिपायलको तापक्रम ४० दशमलव ३ डिग्री मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधवार नेपालगञ्जको तापक्रम ४२ दशमलव २ डिग्री थियो भने धनगढीको ४२ दशमलव १ र दिपायलको ३९ दशमलव ४ डिग्री थियो । विरेन्द्रनगर, दाङ, भैरहवा, सिमरा सहित मध्य र पश्चिम तराईमा पनि गर्मी बढेको महाशाखाले जनाएको छ ।

विहीवार विरेन्द्रनगरको तापक्रम ३७ दशमलव ७, भैरहवा ३८ दशमलव ३, दाङ ३७ दशमलव ६ र सिमरामा ३६ दशमलव ५ डिग्री तापक्रम रेकर्ड भएको छ ।

केही दिनयता काठमाडौं, पोखरा, विराटनगर, धरान, जनकपुर र आसपासका भेगको तापक्रम पनि ३० डिग्री भन्दा माथि नै छ । मुलुकको पूर्वी तराईको तुलनामा मध्य र पश्चिम तराईका भू–भागमा गर्मी बढेको बताउँदै महाशाखाका मौसमविद् बरुण पौडेलले भन्नुभयो– ‘प्री मनसुन केही निस्कृय भएपछि जलवाष्पयुक्त वायु भित्रिन पाएको छैन, त्यसैले गर्मी बढेको हो ।’
नेपाल समाचारपत्रबाट

Logo