प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाको बैठकमा काठमाडौंमा धुलो कम भएको, कोही पनि मास्क लगाएर हिँडनु नपरेको बताएका थिए । तर, चाबहिल-जोरपाटी सडकखण्डका स्थानीयले धुवा धुलोले सास्ती खेपेको लामो समय बित्दा पनि सरकार र ठेकेदारले बेवास्ता गरेको भन्दै आज बिहानैबाट सडक अबरुद्ध गरेका छन् ।
बौद्ध व्यापार संघको पहलमा आज बिहानैबाट उक्त सडक बन्द गराएर स्थानीयले दबाब दिएका हुन् । सडकखण्ड वर्षौं बित्दासमेत पिच नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् । उनीहरुले ‘धुलो धुवाँ धेरै भो, स्वास फेर्न गाह्रो भो’, कालो पत्र छिटो गर’ ‘विश्व सम्पदाको संरक्षण गर’ लगायतका नारा लगाउँदै प्लेकार्ड बोकेर उक्त सडकखण्डमा प्रदर्शन गरेका छन् ।
सडक भत्काएको पाँचवर्ष भैसक्दा समेत सरकारले वास्ता नगरेको उनीहरुको भनाइ छ।





























प्रतिक्रिया