काठमाडौं । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्किएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि भ्रमण तालिका छोट्याएर राष्ट्रपति भण्डारी बुधबार बिहान स्वदेश फर्किएकी हुन् । राष्ट्रपति भण्डारी स्वदेश फर्किदा बुधबार काठमाडौंको आकाश पुरै खाली गराईएको छ ।
राष्ट्रपति भण्डारी स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अरु जहाजहरु एक घण्टा जति आकाशमै घुमे । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएकी राष्ट्रपति भण्डारी १० बजेर ९ मिनेटमा अवतरण गरेपछि धेरैबेरपछि मात्र अरु जहाजले पालो पाएका हुन् ।
राष्ट्रपतिको जहाजभन्दा पहिले नै चीनको चेङ्दुबाट आएको एयर चाइनाको जहाजले आकाशमा तीन फन्को लगाउँदा पनि अवतरणको पालो नपाउँदा उतै फर्किएको छ । यस्तै कतारको दोहाबाट आएको हिमालयन एयरलाइन्स भारततिर फर्किएको छ । वीरगञ्ज र हेटौँडाको आकाशमा चार फन्को लगाउँदा पनि पालो नपाएपछि जहाज भारततिर फर्किएको हो ।
त्यस्तै मुम्बइबाट आएको इथोपियन एयरलाइन्सले पनि निकैबेर आकाशमा फन्को लगायो । राष्ट्रपति भण्डारी चीन जाने बेलामा पनि झण्डै ४० मिनेट उडान र अवतरण ठप्प भएको थियो ।





























प्रतिक्रिया