लगनखेल-सातदोबाटो सडकमा डोजर चल्यो : १४ घर भत्किए

लगनखेल-सातदोबाटो सडकमा डोजर चल्यो : १४ घर भत्किए

केन्द्रबिन्दु
0
Shares

ललितपुर

सातदोबाटो लगनखेल सडकमा डोजर चलेको छ । मुआब्जा लिएर पनि संरचना नहटाएपछि ललितपुर महानगरपालिकाले आइतबार डोजर चलाएको हो ।

महानगरपालिकाको १५ नम्बर वडाले १४ घरमा डोजर चलाएको हो । १४ घरधनीले मुआब्जा लिएर पनि संरचना नहटाएपछि डोजर लगाउन बाध्य भएको वडाध्यक्ष सुदर्शन मिश्रले जानकारी दिए ।

‘चार–पाँच वर्ष पहिला नै मुआब्जा लिए’, मिश्रले भने, ‘संरचना नहटाएपछि सडक निर्माणको काममा बाधा पुगेको छ ।’ डोजर लागेका सबै घर मापदण्ड विपरित निर्माण भएको उनको भनाइ छ ।

अध्यक्ष मिश्रका अनुसार अन्य १० घरमा डोजर लगाउन अझै बाँकी छ । उनीहरुले मुआब्जा नलिएकाले भत्काउन समस्या भएको उनले बताए ।

उक्त सडकखण्ड विस्तारमा श्याम रञ्जितकार र राजकुमार श्रेष्ठको सम्पूर्ण जग्गा सडकमा पर्छ । सातदोबाटो लगनखेलमा २२ मिटरको सडक निर्माणाधिन रहेको छ।
अन्नपूर्णबाट

Logo