भीमदत्त नगरपालिका वडा कार्यालय र सामुदायिक भवन बनाउन सुरु

भीमदत्त नगरपालिका वडा कार्यालय र सामुदायिक भवन बनाउन सुरु

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले वडा कार्यालय र सामुदायिक भवन निर्माण सुरु गरेको छ । भीनपा वडा नं. ६ बाट वडा कार्यालय र साुमदायिक भवन बनाउन सुरु गरिएको हो ।

भीनपा नगर प्रमुख सुरेन्द्र विष्टले शनिबार सिद्धबैजनाथ मन्दिर समितिको जग्गामा ती दुबै भवन शिलान्यास गरेका छन् । नगरपालिकाले सबै वडा कार्यालयको गुरु योजना निर्माण गरी डीपीआर समेत निर्माण गरि सकेको छ ।

वडा नं. ६ लाई मन्दिर समितिले ती दुबै भवन बनाउन जग्गा सहयोग गरेको छ । निर्वाचन क्षेत्र नं. ३ का सांसद डा. दिपक प्रकाश भट्टको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत यस वर्ष भवन निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

नगर प्रमुख विष्टले सबै वडामा वडा कार्यालय र सामुदायिक भवन बनाउने लक्ष्य अनुसार वडा नं. ६ बाट निर्माण सुरु गरिएको बताए । वडा नं. ६ लाई मन्दिर समितिले भवन बनाउन जग्गा दिएकोमा धन्यवाद दिदैं उनले अन्य वडामा पनि भवन बनाउन जग्गा खोजी भई रहेको बताए ।
वडा कार्यालय भवनबाट वडा वासिन्दालाई सहज रुपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताए । सामुदायिक भवनलाई बहुउद्देश्यीय बनाउने गरी निर्माण सुरु गरिएको उनको भनाई थियो ।

सामुदायिक भवनलाई उत्पादन मुलक कार्यसित जोडेर जानुपर्नेमा नगर प्रमुख विष्टले जोड दिए । मन्दिर समितिका अध्यक्ष यज्ञराज भट्टको सभापतित्वमा गरिएको कार्यक्रममा वडा नं. ६ का अध्यक्ष हरक सिह धामी, सदस्यहरु अर्जुनदेब भट्ट, दल बहादुर बोहरा, वडा सचिव राज बहादुर थापा, स्थानीय लगायतका सहभागी थिए ।

Logo