काठमाडौं । नेपालमा एक वर्षको अवधिमा ३ सय भन्दा बढीको हत्या गरिएको छ । धेरै जसो हत्या घटनामा नजिकका मान्छेकै हात रहेको देखिन्छ । सन् २०१८ मा ३ सय २२ जनाको हत्या भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । इन्सेकले सार्वजनिक गरेको तथ्यांक अनुसार १७३ महिना र १४९ पुरुषको हत्या गरिएको छ ।
यस्ता घटनाको अनुसन्धानसहित सजाय दिनु एउटा पाटो हो । तर, उनीहरुले आफ्नो गल्ती अनुसार सजायँ पनि पाउँछन् । तर, अर्को पाटो घटना घट्नुको कारण के ? त्यसको मनोविद्को दृष्टिकोणबाट खोजविन हुँदैन् । मनोविद् गोपाल ढकालले यस्ता घटनाको पछाडि मानसिक समस्या नै प्रमुख रहेको बताउँछन् । उनी भन्छन्, ‘मानसिक समस्याका कारण व्यक्ति अपराध गर्न अगाडि बढ्छ । एन्टी सोसियल पर्सनालिटी अर्थात साईकोपाथ भएका विरामीहरुले यस्ता खाले अपराध गर्छन् ।’
यस्तो समस्या भएका व्यक्तिहरु विशेषगरी अपराध गर्न मात्र प्रेरित हुने मनोविद् ढकालको तर्क छ । उनी भन्छन्, ‘उनीहरुको मनमा अपराध मात्र दौडिरहेको हुन्छ । उनीहरु अपराध गर्न, ऐन कानून विपरित काम गर्न प्रेरित हुन्छन् । अपराध गर्न पाउँदा ऊ एकदमै खुशी हुन्छ । यस्तो साईकोपाथ भएकालाई कसैको हत्या गर्नु, अरुलाई दुःख दिनु एकदमै सामान्य लाग्छ ।’
यस्ता खालका व्यक्तिहरु अपराध गरेपछि पीडाबोध पनि गर्दैनन् । अपराध गरेको व्यक्तिबारे नेपालमा कुनै प्रकारको खोजिनीति नहुने उनको तर्क छ । ‘त्यो व्यक्तिले के कारणले गर्दा कसैको हत्या गर्यो ? के कारणले कसैको बलात्कार गर्यो ? भनेर साईकोलोजीको क्षेत्रबाट खोजीनीति गरिएको छैन् । जेल हालिन्छ । जेलबाट निस्किने विक्तिकै फेरि अपराध गर्न ऊ प्रेरिरत हुन्छ ।’ उनले भने ।
अत्यधिक रक्सी सेवन गरेर पनि यस्ता खाले घटना घटेको देखिन्छ । त्यसको पछाडि पनि त्यही मानसिक रोग नै रहेको उनको भनाई छ । ‘रक्सी खाईसकेपछि उनको सोच्ने क्षमतामा कमी आउँछ । डर, त्रास हुँदैन् र हत्या गर्न पछि पर्दैन् । यसको पछाडि पनि मानसिक समस्या हो’ उनी भन्छन् ।
यस्ता व्यक्तिहरुमा ईन्टरमिटेन्ट एक्सप्लोसिभ डिसअर्डर (आईडी) अर्थात एकदमै रिसाह प्रवृति हुन्छ । उनीहरु सानो–सानो कुरामा पनि झनक्क रिसाउने गर्छन् । रिसाह स्वभावका व्यक्तिहरुको कुनै प्रकारको औषधीले पनि काम गर्दैन् । उनीहरुलाई घर परिवारमा राम्रोसँग राख्नु वा उनीहरुबाटै टाढा हुनु सबैभन्दा उत्तम हुने उनको भनाई छ ।
मेनिया भएका व्यक्तिहरु अपराध गर्न पछि पर्दैनन् । उनीहरु उत्तेजनामा आएर अपराधसम्म गर्न पछि पर्दैनन् । तर, यस्ता व्यक्तिहरु पछि पछुताउने गर्छन् । यो पनि कडाखालको मानसिक रोग हो । कतिपय अवस्थामा कडा खालको मानसिक रोगी (सिजोफेनिया) हरुले पनि यस्ता घटना बढी घटाउने गरेको पाईन्छ । यस्ता मानसिक रोगको कुनै उपचार सम्भव हुन्छ भने कुनैको उपचार सम्भव हुँदैन् ।
दाईजो नदिँदा १ वर्षमा ५ महिलाको हत्या





























प्रतिक्रिया