काठमाडौं । एनसेलले सरकारलाई तिर्नुपर्ने अर्बौको राजश्व नतिरेको भन्दै जनस्तरबाट चर्को विरोध सुरु भएको छ । सरकारले पटक पटक ताकेता गर्दा पनि कर नतिरेपछि सर्वसाधारण स्वस्फुर्त रुपमा एनसेल सिम बहिस्कारमा उत्रिएका हुन् । अहिले एनसेलको सिम बहिस्कार गर्ने अभियान देशैभर चलेको छ । विदेशमा बसेका नेपालीहरुले पनि यो अभियानलाई साथ दिइरहेका छन् ।
सर्वोच्च अदालत र ठूला करदाता कार्यालयले कर तिर्न गरेको ताकेता अटेर गर्दै एनसेलले उल्टै सरकारबिरुद्ध मुद्धा दायर गरेको छ । एनसेलको उक्त कदमको चौतर्फी विरोध सुरु भएको हो । कतिपयले एनसेलको सिममा आगो लगाएका छन् भने कतिपयले कर तिरेपछि मात्रै सिम प्रयोग गर्ने भनेर बन्द गरेका छन् ।
अहिले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सिम बहिस्कार गर्ने लहर नै चलेको छ । यसरी सिम बहिस्कार गर्नेमा सर्वसाधारणदेखि राजनीतिज्ञ, कलाकार, पत्रकार, लेखक, वकिल, चिकित्सक समेत रहेका छन् । साथै हामीले आम सर्वसाधारणहरुसँग पुगेरै उनीहरुको धारणा संकलन गरेका छौं । सुनौँ एनसेलबारे सर्वसाधारणको धारणा उनीहरुकै आवाजमाः





























प्रतिक्रिया