चिया मजदुरको आन्दोलन २७ दिन पुग्यो

चिया मजदुरको आन्दोलन २७ दिन पुग्यो

केन्द्रबिन्दु
0
Shares

इलाम

इलामका चिया बगानमा काम गर्ने मजदूरमध्ये केही मजदुर आन्दोलनमा छन् भने केही मजदुर सडकमा उत्रिएका छन् । निजी चिया बगानमा कार्यरत मजदूर बगानमा धमाधम हरियो पत्ति टिप्नमा व्यस्त छन् । तर सरकारको स्वामित्वमा रहेका चिया बगानमा कार्यरत मजदूर भने सरकारले तोके बमोजिमको ज्याला पाउनुपर्ने माग गर्दै २६ दिनदेखि सडकमा छन् ।

त्रिवेणी ग्रुपले सरकारसँग भाडामा लिएर सञ्चालन गर्दै आएको इलाम र झापाका सातवटा चिया बगानमा कार्यरत श्रमिकहरु आन्दोलित रहेका हुन् । निजी चिया बगानमा कार्यरत मजदूरलाई चिया कारखानाले सरकारले तोकेको सेवा सुविधा दिने भएपछि उनीहरु केही दिनयता आन्दोलन छाडेर बगानमा फर्किसकेका छन् ।

सूर्योदय टि प्रोड्युसर्स एसोसिएसनमा आवद्ध ५२ वटा उद्योगले आगामी असारसम्म सरकारले तोकेको सेवा सुविधा दिने जनाएको छ । एसोसिएसनले सरकारसँग २५ बुँदे माग राखेर सरकारले तोके बमोजिमको सेवा सुविधा दिने प्रतिबद्धता जनाएपछि मजदूर काममा फर्किएका हुन् ।

सरकारलाई एसोसिएसनले माग पूरा गराउन असारसम्मको अल्टिमेटम दिएको छ । उक्त समयमा माग पूरा नगरे मजदुरलाई दिएको सेवा सुविधा कार्यान्वयन नगर्ने एसोसिएसनका अध्यक्ष पुनम राईले बताउनुभयो । सरकारले चिया श्रमिकको दैनिक ज्याला ३ सय ८५ र प्रतिघण्टा ५१ रुपियाँ तोकेको छ । तर श्रमिकले अहिले दिनको २ सय ७८ रुपियाँ मात्र पाइरहेका छन् । कारखानामा काम गर्ने श्रमिकलाई न्यूनतम् ज्यालामा दैनिक थप ४२ रुपियाँ तोकिएको छ । तर त्यो पनि कार्यान्वयन भएको छैन ।
नेपाल समाचारपत्रबाट

Logo