सरकारको नीति तथा कार्यक्रम वैशाख २० गते

सरकारको नीति तथा कार्यक्रम वैशाख २० गते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले प्रि–बजेट छलफल अगाडि नै सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । वैशाख २० गते राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा जान लागेका कारण प्रि–बजेटमाथिको छलफल पछि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन लागिएको स्रोतले बताएको छ ।

नीति तथा कार्यक्रम पारित गरेर प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जाने तयारी रहेको स्रोतले बतायो । राष्ट्रपति भण्डारी वैशाख ११ गते चीन भ्रमणमा जाने र वैशाख १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । सरकारी स्रोतले भन्यो, ‘अहिलेसम्म २० गते नै नीति तथा कार्यक्रम ल्याउने तयारी छ, कुनै विशेष कारणले समय हेरफेर गर्नुपर्ने भए समय फेरिनेछ ।’

नीति तथा कार्यक्रम पारित भएपछि प्रि–बजेट माथि छलफल गरिने स्रोतले बतायो । २०७५ सालमा प्रि–बजेटमाथिको छलफल वैशाख २८ गतेबाट सुरु भएको थियो भने नीति तथा कार्यक्रम २०७५ जेठ ७ गते प्रस्तुत भएको थियो ।
नागरिकबाट

Logo