सर्लाही
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, को जंगलमा आज बिहान बस पल्टिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ३१ जना घाइते भएका छन् ।
काठमाण्डौंबाट पुर्वतर्फ जाँदै गरेको बा.३. ख १३१८ नम्वरको बस पल्टिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको ज्यान गएको हो ।





























प्रतिक्रिया