काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तरगत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई २ सय ८३ रनको लक्ष्य दिएको छ । सिंगापुरविरुद्ध पहिले ब्याटिङ गर्दै नेपालले २ सय ८२ रनको विशाल स्कोर खडा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रनको योगदान दिए ।
नेपाल ४६ ओभरमा अल आउट हुँदै २ सय ८२ रन बनाएको हो । ४६ औं ओभरमा नेपालले तीन विकेट गुमाएको थियो । कप्तान रोहितकुमार पौडेल सतक बनाउन चुके पनि नेपाललाई बलियो स्कोरमा पुर्याएका थिए । एक सय ५ बलको सामना गरेका उनले सात चौका र एक छक्का प्रहार गरेर ९५ रन बनाए ।
सिंगापुरका लागि अथर्व गुनेले सर्वाधिक चार विकेट लिएका छन् । यसैगरी राउल शर्माले २, विनित मेहताले २ र प्रमेश सांघवीले एक विकेट लिए ।





























प्रतिक्रिया