सरकारलाई झटारोः टुँडिखेलको जग्गा पास गरि पाउँ भन्दै निवेदन

सरकारलाई झटारोः टुँडिखेलको जग्गा पास गरि पाउँ भन्दै निवेदन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा महासचिव विष्णु पौडेलले सिंहदरबारभित्र नै जग्गा किनेको विषयले निकै चर्चा पाईरहेको छ । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा महासचिव पौडेलको पनि जग्गा रहेको खुलेपछि यसले निकै चर्चा पाएको हो ।

व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा ८ आना जग्गा खरिद गरेको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएका हुन् ।

पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलका छोरा नवीनको नाममा ललितानिवास परिसरमा जग्गा रहेको भन्दै सार्वजनिक भएपछि महासचिव पौडेलले विज्ञप्ती नै जारी गरेर ऐन कानून अनुसार नै जग्गा किनेको दाबी गरे ।

यो विषयले चर्चा पाईरहेका बेला दुई तिहाईको शक्तिशाली सरकारलाई झटारो हान्ने प्रसस्त भेटिएका छन् । सामाजिक सञ्जालमा यस्ता विषयले निकै चर्चा पाएको हो । यसैबिच एक जनाले सरकारलाई व्यंग गर्दै टुँडिखेलको जग्गा पास गरि पाउँ भनि निवेदन दिएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको निवेदनमा नेपालभर कहि कतै पनि एक दाम जग्गा पनि नरहेको कारण काठमाडौंको मुटुमा रहेको टुँडिखेललाई कित्ताकाट गरि कम्तिमा चार आना जग्गा मेरो नाममा पास गरि पाउँ भन्दै निवेदन लेखिएको हो ।

गरिब बहादुरको नामबाट सार्वजनिक भएको निवेदनमा भनिएको छ, ‘उपरोक्त विषय यो छ कि केही समयदेखि राज्यको नाममा रहेको सार्वजानिक जग्गाहरु धमाधम भुमाफिया, भ्रष्ट कर्मचारी अनि दलाल राजनीतिक नेताहरु मिलेर धमाधम आफ्नो र आफन्तको नाममा लालपुर्जा बनाई बाँडेर लिएको खबरहरु राष्ट्रिय दैनिकहरुमा छ्याप् छ्याप्ती आएको हुनाले म र मेरो परिवारको नाममा नेपाल अधिराज्य भरी कहि कतै पनि एक दाम जग्ग पनि नरहेको कारण काठमाडौंको मुटुमा रहेको टुँडिखेललाई कित्ताकाट गरि कम्तिमा चार आना जग्गा मेरो नाममा पास गरि पाउँ भनि श्रीमान सँग यो निवेदन पेश गर्दछु ।’

जिल्ला मालपोत कार्यलय काठमाडौंका प्रमुख अधिकृतलाई सम्बोधन गरि निवेदन लेखिएको हो ।

Logo