काठमाडौँ
सहरी विकास मन्त्रालयले देशका विभिन्न स्थानमा ४५ वटा नयाँ सहर निर्माण गर्ने भएको छ । मन्त्रालयले २७ वटा नयाँ सहर, १३ वटा स्मार्ट सिटी र ५ वटा हिमाली सहरका रूपमा विकास गरिने भएको हो । सहरी विकास तथा भवन निर्माण अन्तर्गत सहरी विकास आयोजनाले सहरहरू निर्माण गर्न अध्ययन कार्य अगाडि बढाएको छ ।
२७ वटा नयाँ सहर मध्ये मध्य पहाडी लोकमार्गमा अवस्थित १२ वटा सहरको अध्ययन सकिएको आयोजना प्रमुख किशोर लाल महाजुले बताए । त्यस्तै हुलाकी लोकमार्गमा अवस्थित १० नयाँ सहर, तराई मधेस अवस्थित ५ नयाँ सहर, १३ वटा स्मार्ट सिटी र पाँचवटा हिमाली सहरको अध्ययन कार्य अगाडि बढाइएको छ ।
१३ वटा स्मार्ट सिटी
सरकारले देशका विभिन्न भागका १३ वटा स्थानलाई स्मार्ट सहरका रूपमा विकास गर्ने भएको छ । जसमध्ये तीनवटा ९बाराको निजगढ, गोरखाको पालुङटार, रुपन्देहीको लुम्बिनी० को पहिलेदेखि नै अध्ययन भइरहेको छ । त्यस्तै, थप १० वटा सहरहरू धनकुटाको धनकुटा, सिरहाको मिर्चैया, रौतहटको चन्द्रपुर, काभ्रेपलाञ्चोकको काभ्रे, चिवतनको भरतपुर, स्याङ्जाको वालिङ, दाङको तुलसीपुर, दैलेखको दुल्लु, डडेल्धुराको अमरगढी, कैलालीको टीकापुरलाई स्मार्ट सिटीका रूपमा विकास गरिने भएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया