१३ औं सागको नयाँ मिति घोषणा, आगामी डिसेम्बरमा नेपालमा हुने

१३ औं सागको नयाँ मिति घोषणा, आगामी डिसेम्बरमा नेपालमा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेपालमा आयोजना हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नयाँ मिति घोषणा गरिएको छ । नयाँ घोषित मिति अनुसार अब १३ औं साग सन् २०१९ को डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमै आयोजना हुनेछ ।

थाइल्यान्डको राजधानी बैंककमा शनिबार अबेर सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३ औं सागको नयाँ मिति तय गरेको हो ।

हाल बैंककमा ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को बैठक भइरहेको छ । सोही अवसर पारेर आइतबार दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक पनि बसेको हो । नेपालले आयोजनाको जिम्मेबारी लिएयता १३ औं सागको मिति तेस्रो पटक सारिएको हो ।
अन्नपूर्णबाट

Logo