धनुषामा मालबाहक ट्रक र यात्रुबाहक बस ठोक्किंदा २ जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गको धनुषामा अवस्थित ढल्केबरमा दुर्घटना भएको हो। काकरभिट्टाबाट पश्चिम जाँदै गरेको ना ५ ख ४९६ नम्बरको बसलाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ९४९६ नम्बरको मालवाहक ट्रकले ढल्केबारचोकमा ठक्कर दिएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ नक्टाझिजकी शुभकला मण्डल र भारत मोतिहारीका २५ वर्षीय उदेश ठाकुर रहेका छन् । मृतक दुवैजनाको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालामा राखिएको छ ।
दुर्घटनामा एक दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेभएकाहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।





























प्रतिक्रिया