काठमाडौँ
संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारी समायोजन प्रक्रियालाई अन्तिम रुप दिन थप दुई साता लाग्ने भएको छ ।
यस अघि फागुन ३ गतेसम्म समायोजन प्रक्रिया टुंग्याउने लक्ष्य राखिएपनि बिभिन्न समस्या देखिएकाले तोकिएको अवधिमा समायोजन कार्य पुरा गर्न कठिनाई भएको थियो । १० देखि १५ दिन भित्रमा समायोजन प्रक्रिया टुंग्याउने छौं ।’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।
समायोजन रोजेका कर्मचारीको राष्ट्रिय किताबखानामा विवरण नमिलेकोले समायोजनमा ढिलाइ भएको थियो । तोकिएको समयमा समायोजन नसकिनुमा कर्मचारीको विवरण नै मुख्य कारण रहेको प्रवक्ता अधिकारीले दावी गर्नुभयो । ‘कसैको कार्यालय मिल्दैन, कसैको नियुक्ति मिति मिल्दैन । विवरण नमिलेकाले समायोजनमा ढिलाई भएको उहांले जानकारी दिनुभयो ।
मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुका अनुसार हालसम्म २२ हजार ९ सय १७ कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरिएको छ ।
करिब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९ सय १७ कर्मचारी समायोजन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिनुभयो । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया