ललितपुर । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को मुख्यालयमा विष्फोट भएको छ । शुक्रबार साँझ नख्खुस्थित एनसेलको गेटमा भयानक विष्फोट भएको हो ।
विष्फोटमा परी ३ जना घाइते भएका छन् । उनीहरुको बी एण्ड बी, अल्का र मेडिसिटी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । विस्फोटनका कारण आसपासका घर कम्पनसहित हल्लिएको स्थानीयको भनाई छ ।
घाइते हुनेहरुमा प्रतिक्षा खड्का, उषा मानन्धर र चीन प्रसाद गुरुङ रहेका छन् । उनीहरुमध्ये प्रतिक्षाको अल्का, उषाको बी एण्ड बी र चीन प्रसादको मेडिसिटीमा उपचार भईरहेको परिसरका एसपी गोविन्द थपलियाले जानकारी दिए । गुरुङको अवस्था गम्भीर रहेको छ ।
घटनाबारे विस्कृति विवरण आउन बाँकी रहेको छ । यसअघि बिहीबार राति बाग्लुङमा रहेको एनसेल टावरमा पनि आगजनी भएको थियो ।
कमलपोखरीमा शंकास्पद वस्तु फेला:
ललितपुरको नख्खुमा विस्फोट भएको केही समयपछि कमलपोखरीमा शंकास्पद वस्तु फेला पारेको छ। काठमाडौँ प्रहरीले शुक्रबार साँझ झोलामा प्रेसर कुकर राखेर छाडिएको अवस्थामा भेटिएको काठमाडौँ प्रहरीका एसपी अशोक सिंहले जानकारी दिए ।
उक्त बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । ऐनसेलले नेपाल सरकारलाई कर छली गरेको आरोप लगाउँदै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले विरोध गर्दै आएको छ । उसैले विस्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ ।





























प्रतिक्रिया