कञ्चनपुर । चिर्पटले प्रहार गरी एक जनाको हत्या गरिएको छ । कञ्चनपुरको महाकाली नगरपालिका २ मा एक वैवाहिक समारोहमा सहभागी भएका २२ वर्षका हरसिंह धामीको हत्या गरिएको हो ।
कालु सिंह बोहराको घरमा वैवाहिक समाहरोहमा गएका धामी चिर्पट प्रहारबाट गम्भीर घाइते भएका थिए । महाकाली अञ्चल अस्पतालबाट थप उपचारको लागी भारत लैजाने क्रममा बाटोमे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वैवाहिक समारोहमा राति डिजे साउण्डमा मनोरञ्जन भईरहेको बेला धामीमाथि २६ वर्षका महेन्द्र सिंह बोहराले पछाडिबाट दाउरा प्रहार गरेका थिए । दाउरा प्रहार गर्नुको कारण खुल्न सकेको छैन् । घटनालगत्तै प्रहरीले बोहरालाई नियन्त्रणमा लिएको छ ।
मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्रबाट पिडित परिवारजन तथा आफन्तले उठाएर महेन्द्र सिंह बोहराको घरमा राखेर धर्ना दिएका छन् । बोहरालाई कारवाही र मृतक परिवारजनलाई क्षतिपूर्तीको माग गर्दै पीडित परिवारले शबसहित धर्ना दिएका हुन् ।





























प्रतिक्रिया