रौतहट
१८ वर्षिया राहनी खातुनको शुक्रबार रहस्यमय मृत्यूपछि परिवारका सदस्य शव छाडेर फरार भएका छन् । रौतहटको गुजरा नगरपालीका–८ स्थित ईस्मालपुर टोलमा राहनीको हत्या गरेर परिवारका अन्य सदस्य भागेको माइती पक्षले आरोप लगाएको छ । राहनी घरमा पासो लगाएर झुण्डिएको अवस्थामा प्रहरी पुगेको थियो । उनको हत्या गरेर झुण्ड्याईएको मृतक राहनीका बाबु छोटन मियाले आरोप लगाएका छन् ।
छोरीलाई ससुरा सोहेबमिया दर्जी र सासू सेरातुन खातुनले पहिलेदेखि नै शारिरीक तथा मानसिक यातना दिने गरेको बताउँदै शुक्रबार हत्या गरी झुण्ड्याएर आत्महत्याको बहाना बनाएको माइती पक्षको आरोप छ । बाराको सिम्रौनगढ नगरपालिका–८ की राहनीको दुई वर्ष अघि इस्लामपुरका अजहरुद्धिन दर्जीसंग विवाह भएको थियो । उनको ८ महिनाको छोरा छ । उनका श्रीमान अजहरुद्धिन एकवर्ष अघिदेखि कतारमा छन् ।
‘दिउसो दुईबजेतिर छोरीको मोबाईलमा फोन गर्दा अरुलै नै उठाएपछि मृत्यू भएको खबर आयो’, बाबु मियाले भने । प्रहरीले शनिबार राति छिमेकीसँग सोधपुछ गरेको छ । मृतककी सासूले बुहारी खातुनको रक्तचाप घटेर बेहोस भएको भन्दै गाउँकै स्वास्थ्यकर्मी शेख मेजारुललाई साँझ घरमा बोलाएकी थिइन् । प्रहरीले मेजारुललाई पनि सोधपुछ गरेको छ । ‘उनको मुटुको धडकन बन्द भइसकेको थियो । सासूले काखमा सुताएर राखेकी थिइन्’, उनले भने, ‘झुण्डिएकोबारे मलाई थाहा भएन ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया