सवारी तथा यातायात व्यवस्था ऐन नयाँ बन्‍दै

सवारी तथा यातायात व्यवस्था ऐन नयाँ बन्‍दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सवारी तथा यातायात व्यवस्था ऐन नयाँ बन्ने भएको छ । संघीय प्रणाली अनुसार सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई सुधार गरेर नयाँ बनाउन लागेको हो ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायले ऐनलाई समयसापेक्ष र प्रविधिमैत्री हुनेगरी परिवर्तन गर्न लागिएको जानकारी दिए । तीन महिनादेखि विभाग ऐनको खाका निर्माणमा जुटेको छ । ‘यातायात विज्ञबाट यसमा काम भइरहेको छ’, उपाध्यायले भने, ‘फागुनभित्रमा खाका तयार हुन्छ ।’ ऐनको खाकालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र मन्त्रिपरिषद्को अनुमोदन र संसद्बाट पारित गरेपछि लागु हुनेछ ।

मुलुकमा नयाँ संविधान निर्माण भए पनि यातायात क्षेत्र भने २६ वर्ष पुरानो ऐनकै आधारमा सञ्चालन भइरहेको छ । विज्ञान तथा प्रविधिको विकासका क्रममा यातायात क्षेत्रमा देखिएको सुधार उन्मुख कार्य गर्न ऐनले बाधा पुर्‍याउँदै आएको छ । पछिल्लो उदाहरणको रुपमा मोटरसाइकल ट्याक्सी अर्थात टुटल र पठाओलाई लिन सकिन्छ ।

नेपालको सहरी क्षेत्र काठमाडौं उपत्यका, पोखरा, धरानलगायत क्षेत्रमा मोटरसाइकल ट्याक्सीको प्रयोग भइरहेको छ । तर ऐनमा निजी प्रयोजनका लागि दर्ता भएको सवारीसाधनले यात्रु बोक्न नपाउने व्यवस्था छ । यस्तो माध्यमबाट व्यवसाय गर्न कानुनी अड्चन छ । यात्रु बोक्ने मोटरसाइकल थुप्रै देशमा प्रचलनमा छ । कुनै देशमा कानुनी रूपमा भने कही कतै गैरकानुनी रूपमा सञ्चालनमा छ । यात्रु र सवारी चालकको सहमतिमा सेवा प्रवाह भइरहेको छ ।
अन्नपूर्णबाट

Logo