काठमाडौँ
तीन वर्ष बितिसक्दा पनि रानीपोखरी पुनर्निर्माण अझै टुंगो लाग्न सकेको छैन । निर्माण कम्पनी छनोट गर्न नसक्दा पोखरी पुनर्निर्माणको काम सुरु हुन नसकेको हो । पोखरी पुनर्निर्माणको जिम्मेवारी पाएको काठमाडौं महानगरपालिकाले यसका लागि चौथोपटक बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।
भूकम्पले क्षति पु¥याएकोे रानीपोखरी पुनर्निर्माणका लागि तीन वर्ष अघि नै शिलान्यास गरिए पनि यस कार्यका लागि हालसम्म कुनै पनि निर्माण कम्पनी छनोट हुन सकेको छैन । तेस्रोपटक टेन्डर गर्दा सहभागी तीन निर्माण कम्पनीमध्ये दुई कम्पनीको प्रक्रिया र आवश्यक कागजात नपुगेको भन्दै टेन्डर स्वीकृत भएको थिएन । एउटा कम्पनीले आवश्यक प्रक्रिया पु¥याए पनि महानगरपालिकाले बोलपत्र आह्वान गरेभन्दा बढी रकम माग गरेपछि त्यसको प्रस्ताव पनि स्वीकृत हुन सकेको थिएन ।
महानगरपालिकाले पोखरी पुनर्निर्माणका लागि ११ करोड ६६ लाख रुपैयाँको बोलपत्र आह्वान गरेको थियो । तर टेन्डरमा सहभागी रवीनाथ कन्सट्रक्सनले ११ प्रतिशत रकम बढी मागेपछि महानगरपालिकाले त्यसको प्रस्ताव अस्वीकृत गरेको थियो ।
तोकिएको रकमभन्दा बढी रकम माग गरेकाले रवीनाथ कन्सट्रक्सनको प्रस्तावलाई स्वीकृत गर्न नसकिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । यसपटक पनि यस्तै अवस्था आए रानीपोखरी पुनर्निर्माणको जिम्मा पुनर्निर्माण प्राधिकरणलाई नै दिइने सम्भावना रहेको महानगरले जनाएको छ । पोखरी पुनर्निर्माणको जिम्मा महानगरपालिकाको भए पनि पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर महादेवको मन्दिरको पुनर्निर्माणको जिम्मा पुरातत्व विभागको हो ।
राजधानीबाट





























प्रतिक्रिया