स्वाइन फ्लुको प्रकोप बढ्यो, कसरी बँच्ने ? (भिडियोसहित)

स्वाइन फ्लुको प्रकोप बढ्यो, कसरी बँच्ने ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्वाइन फ्लु भएर ओम अस्पतालको आईसीयूमा भर्ना भएकी एक ४७ बर्षिय महिलाको सोमबार मृत्यु भएको छ । त्यस्तै अर्का एक जनालाई एयर एम्वुलेन्समार्फत भारत लगिएको छ । लगतै ओम अस्पतालले आफ्ना कर्मचारीहरुलाई फ्लुविरुद्धको खोप दिइएको छ । त्यस्तै ग्राण्डी इन्टरनेशनल हस्पिटलका डाक्टर अजयसिंह थापापनि स्वाइन फ्लु भएर अस्पताल भर्ना भएका छन् ।

पछिल्लो समय काठमाडौंमा स्वाइन फ्लुको प्रकोप महामारीसरी फैलिएको छ । उपत्यकामा डेढ सयभन्दा बढीलाई स्वाइन फ्लु संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा २०७५ मंसिरदेखि पुस २६ सम्म ३ सय ३४ जना बिरामीको परिक्षण गर्दा १ सय ६८ जनामा इन्फ्लुन्जा प्रमाणित भएको पाइएको छ ।

राजधानीमा गत पुस १७ गतेदेखि स्वाइन फ्लुको संक्रमण फैलिएको हो । पछिल्लो दुई महिनामा एक जनाको मात्रै मृत्यु भएको भनिएपनि सरकारले तथ्यांक लुकाएको स्वास्थ्यकर्मीहरुको आरोप छ ।

एचवान एनवान इन्फ्लुन्जा अर्थात स्वाइन फ्लु सन् २००९ मा पुरै दुनिँयामा भिषण महामारीको रुपमा सामुन्ने आएको थियो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले अगस्ट २०१० मामहामारी समाप्त भएको जनाएको थियो । सबैभन्दा पहिले यसको संक्रमण मेक्सिकोको वेराक्राजइलाकाको सुंगुर फर्ममा देखिएको थियो । विस्तारै यो संक्रमण संसारभर फैलिएको हो ।

 

Logo