३३ किलो सुनकाण्डका आरोपीलाई धरौटीमा रिहा गर्ने मुख्य न्यायाधीश पनि कारवाहीमा

३३ किलो सुनकाण्डका आरोपीलाई धरौटीमा रिहा गर्ने मुख्य न्यायाधीश पनि कारवाहीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेश दिएका उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल पनि कारवाहीमा परेका छन् । न्याय परिषद्ले भुर्तेललाई सचिवालयमा तानेको छ ।

यसअघि न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेलमाथि पनि न्याय परिषद्ले कारवाही गरेको थियो ।

उनीहरुले जिल्ला अदालत मोरङको निर्णयलाई उल्ट्याउँदैं ३३ किलो सुनकाण्डका आरोपीलाई साधारणमा तारेख तथा कम धरौटीमा रिहा गर्ने आदेश दिएका थिए ।

न्याय परिषदले यसबारे छानविन गर्न सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडालाई तोकेको छ । त्यस्तै उच्च अदालत पाटनका न्यायाधीश विश्वमंगल आत्रेयबारे छानविन गर्न अर्का न्यायाधीश आनन्दमोहन भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

न्याय सम्पादन प्रक्रियामा बदनियत देखिएपछि आत्रेयलाई न्यायपरिषद सचिवलायमा तानिएको थियो । न्यायाधीश आत्रेयले मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दा अबैध असुली गरेको भन्दै सरकारले कारवाही गरेका संस्थालाई सफाइ दिएपछि उनीविरुद्ध न्याय परिषदमा उजुरी परेको थियो ।

सर्वोच्चका मुख्य रजिष्टार राजन भट्टराईलाई उच्च अदालत पाटनको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ । न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्व न्यायाधीश तपबहादुर मगरलाई नियुक्त गरेको छ ।

चोलेन्द्र शमशेर जवरा प्रधानन्यायाधीशमा नियुक्त भएपछि न्यायालय क्षेत्रमा देखिएका विकृति हटाउँदैं गएका छन् । प्रधानन्यायाधीश जवराले अदालतमा हुने बिचौलियामाथी पनि कारवाही थालेका छन् ।

बिचौलियामाथि अदालतको अवहेलनामा कारवाही गर्ने चेतावनी दिएका थिए । सोही अनुसार प्रक्रिया सुरु गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

प्रधानन्यायाधीशको अर्को एक्सन, ‘बिचौलियामाथि अवहेलनाको मुद्दा’

प्रधानन्यायाधीशको एक्सनः ३३ किलो सुनकाण्डका अभियुक्त छाड्ने ५ न्यायाधीशलाई कारबाही

सातै प्रदेशका मुख्य न्यायाधीशलाई प्रधानन्यायाधीशको यस्तो निर्देशन

Logo