सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले अनसनरत डा गोविन्द केसीको शतप्रतिशत माग पूरा गर्न उनी आफैं प्रधानमन्त्री भएपनि सम्भव नभएको बताएका छन् ।
शनिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २१ औं साधारण सभा तथा पत्रकार सम्मान कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले द्वन्द्वकालका मुद्दा समेत उठाएर भ्रम छर्न खोजेको बताएका हुन् ।
बाँस्कोटाले सरकारले सबैलाई हेर्ने दृष्टिकोण बराबरी हुने बताउँदै भने ‘सबै जनताको माग पुरा गर्ने दायित्व सरकारको हो, डा केसीको मात्र होइन ।’ सरकार पत्रकार जगतको हकहितको लागि सदैव तयार रहेको भन्दै उनले न्युनतम पारिश्रमिक कुनै पनि हालतमा लागू हुने बताए ।
कार्यक्रममा नेकपाका सांसद महेश बस्नेतले पत्रकारिता जगतले अब राजनीतिक मुद्धामा भन्दा पनि सम्वृद्धिका विषयमा कलम चलाउनु पर्ने समय आएको बताए ।





























प्रतिक्रिया