काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले उद्देश्यका साथ अगाडि बढे मात्र हरेक काम पूरा गर्न सकिने बताएका छन् । शनिबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको २७ औँ स्थापना दिवसको अवसरमा उनले समाज र आम नागरिकले हामीलाई कसरी बुझेको छ त्यो कुरा सबैभन्दा महत्त्वपूर्ण रहने बताएका हुन् ।
उनले भने, ‘हाम्रो उदेश्यलाई पूरा गर्ने गरी हिड्यौँ भने हरेक कुराहरू सम्भव छ । निःस्वार्थ हिसाबले र हाम्रो उद्देश्यलाई क्लियर गरेर हिड्यौँ भने हाम्रो जीवनमा आउने समस्याहरू समाधान हुन्छन् । समस्या त आउँछन् नआउने होइन, एउटा कमिटमेन्टका साथ अगाडि बढ्यौँ भने हरेक कुराहरू पूरा गर्न सकिन्छ । हामीले उद्देश्य कस्तो लिएका छौँ त्यसमा भर पर्छ । हामीले आफ्नो व्यक्तिगत स्वार्थ, समाजको स्वार्थ, अर्थात् हाम्रो दृष्टिकोणलाई कसरी व्यवस्थापन गरेका छौँ, समाजले, आम नागरिकले हामीलाई कसरी बुझेको छ त्यो कुरा सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’





























प्रतिक्रिया