काठमाडौँ
पार्टी एकीकरण भएको डेढ वर्षमै विवेकशील साझा पार्टीमा गम्भीर मतभेद देखिएको छ । पार्टीका दुई संयोजक मध्येका एक उज्ज्वल थापाले विवेकशील साझा पार्टी गलत बाटोतर्फ गइरहेको निष्कर्षसहित पार्टी सदस्यलाई पठाएको प्रतिवेदनमा नेतृत्वमा रहेको मतान्तरका फेहरिस्त उल्लेख छन् ।
विवेकशील साझा पार्टीको निर्वाचनपछिको एक वर्षको समीक्षा शीर्षकमा पार्टी सदस्यका लागि पठाइएको १८ पृष्ठ लामो प्रतिवेदनमा थापाले राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन् । उनले अब पार्टीको नयाँ नेतृत्व निर्वाचित गर्नुपर्ने संकेत गरेका छन् ।
राष्ट्रिय महाधिवेशनले अध्यक्षसहित दलको नेतृत्व चयन गर्छ । दलको राष्ट्रिय महाधिवेशनको तुरुन्तै घोषणा गर्नु जरुरी छ र तदपश्चात निर्वाचित पादाधिकारीले नै दलको नेतृत्व लिनुपर्छ , थापाको प्रतिवेदनमा उल्लेख छ, अहिलेको तदर्थ केन्द्रीय, संयोजन समिति र दलका जुझारु सदस्य थपेर महाधिवेशन समितिमा परिणत गरिनुपर्छ ।
संयोजक थापाको प्रतिवेदनले भन्छ, विवेकशील साझामा ठूला र वैचारिक विषयमा मात्र होइन, मसिना विषयमा पनि झगडा छ । उनले एक लाख ६० हजार मासिक भाडा तिरिएको बखुन्डोलस्थित केन्द्रीय कार्यालय प्रयोगमै आउन नसकेको लेखेका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया