देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीलेकेन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ ।
यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
मट्टितेल छर्केर आफैलाई यसरी ज्युँदै जलाए, उपचारको क्रममा मृत्यु
आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाउँदा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा बजार नजिकै दिहवाका ३५ बर्षिय बदु मियाले आफैमाथि मट्टितेल छर्किएपछि आगो लगाएका थिए ।
कर्मचारी समायोजन अध्यादेश राष्ट्रपतिद्वारा जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद छलेर ल्याईएको कर्मचारी समायोजन अध्यादेश जारी गरेकी छन् । गत सोमबार राति मन्त्रिपरिषद्ले सिफारिस गरेको ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५’ आज राष्ट्रपतिले जारी गरेको हो।
म्यानपावर कम्पनीमा विभागले छापा हान्दा ३ लाख ३५ हजारसहित कर्मचारी पक्राउ
वैदेशिक रोजगार विभागले बसुन्धरामा रहेको शव ह्युमन रिसोर्स प्रालिमा छापा मारेको छ। दुबई पुलिसमा जाने कामदारबाट ३ लाख ८० हजार रुपैयाँ उठाउँदै गरेको सूचनाका आधारमा विभागले छापा मारेको हो।
विभागमा पञ्जीकरण नहुने सार्वजनिक सवारी पुस १ देखि गुड्न नपाउने
पुस १ गतेदेखि यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सवारी गुड्न नपाउन भएका छन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका हुन् ।
मिस वर्ल्डमा श्रृंखलालाई अन्याय भएकै हो ? प्रतियोगिताको पारदर्शीतामाथि प्रश्न चिन्ह !
६८ औं मिस वर्ल्डको उपाधी मेस्किकोकी सुन्दरी भेनेसा डिसियानले जितिन् । शनिबार चीनको सान्यामा आयोजित फाईनलमा उत्कृष्ठ ३० सुन्दरीलाई पछि पार्दै २६ वर्षीया भेनेसाले मिस वर्ल्ड २०१८ को ताज पहिरिएकी हुन् । मिस वर्ल्डको लागि ११८ देशका सुन्दरीहरु प्रतिस्पर्धामा थिए ।
प्रधानमन्त्रीको दावी, ‘भ्रष्टहरुले नै ‘म भ्रष्टाचार गर्दिन’ भन्दै हिँडे’
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार ‘हुन नदिने’ आफ्नो संकल्प पुनः दोहोर्याएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि आफूले कोसिस गरिरहेको जानकारी दिए । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले, ‘म भ्रष्टाचार गर्दिन’ भन्ने आफ्नो प्रतिवद्धता भने शतप्रतिशत कार्यान्वयनमा आएको दावी गरे ।
प्रकाशमान निवासमा पौडल पक्षधर नेताको भेला, देउवामाथि थप दबाब
नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले छुट्टै भेला गरेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षधरहरुले छुट्टै भेला गरेका हुन् । महासमिति बैठकमा पेश हुने संशोधित विधानका विषयमा धारणा बनाउन उनीहरु छलफलमा जुटेका हुन् ।





























प्रतिक्रिया