काठमाडौं
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक दलको आवरणमा कुनै शक्ति निर्मला पन्तको हत्यारा जोगाउन आउने संभावना रहेको बताउनु भएको छ ।
७० औ अन्तराष्ट्रिय मानवअधिकार दिवस तथा १० औ मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै मन्त्री पोखरेलले राजनीतिकदलहरु नै हत्याराको संरक्षणमा अघि सर्ने संभावना रहेको बताउनुभएको हो । कार्यक्रममा उपस्थित नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई सम्बोधन गर्दै उहाँले सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीतिको ध्येय बोकेकाहरुले छाता ओढाउन आउने संभावन रहेको बताउनुभयो । सरकारले पन्तको हत्यारा पत्ता लगाईसकेको र चाडै नै सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिदै उहाँले भन्नुभयो “ विधिसम्बत ढंगले सार्वजनिक गर्छौ । तर राजनीतिको ध्येय बोकेकाहरु छाता ओढाउन आउँछन् कि भन्ने डर छ पुष्पाजी ख्याल गर्नु होला ।”
प्रतिपक्षीदलका नेता र कुनै अखबारको स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै उहाँले सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने दाबी गर्नुभयो । उहाँले निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आएका अधिकारकर्मीलाई हत्यारा सार्वजनिक गर्दा त्यसैको रक्षार्थ सक्रियता नदेखाउन चेतावनी पनि दिनुभयो । उहाँले भन्नुभयो “निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउनुभएको छ । माफ गर्नुहोला, त्यो अपराधी बाहिर ल्याउँदा यी मध्ये कसैले पनि छाता ओढाउन नआउनुहोला । आफ्नो राजनीतिको रोटी सेक्नु पर्दैन । ”
राष्ट्रिय महाभेलामा उपस्थित अधिकारकर्मीले मानवअधिकारको प्रत्याभुतिमा सरकारका काम कारवाही प्रभावकारी बन्न नसकेको टिप्पणी गरेका थिए । त्यस्तै कंचनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्याको घटनामा संलग्न दोषिलाई पक्राउ गर्न दबाब दिदै युवाहरुले राजधानीमा सडक नाटक गरेका छन् ।
निर्मलालाई न्याय अभियानमा शनिबार राजधानीको माईतिघर मण्डलामा स्वतः स्फुर्त रुपमा निस्केका युवाहरुले निर्मलाको फोटो सहित सरकार भेटियो न्याय भेटिएन लेखिएको पोस्टर बोकेका थिए । ४ महिना भईसक्दा पनि घटनामा संलग्न दोषि पत्ता लगाउन नसकेको भन्दै युवाहरुले दैनिकजसो दबाबमुलक विरोध प्रर्दशन गर्दै आएका छन् । शनिबार निकालिएको दबाब र्यालीमा उल्लेख्य संख्यामा युवाहरु सहभागी भएका थिए । उनीहरुले असक्षम गृहमन्त्री राजीनामा दे, गोर्खालीको देशमा न्यायको अनिकाल, प्रहरी ः प्रमाण जुटाउनका लागि कि मेटाउन, म निर्मला मलाई न्याय चाहियो लगायत नारा लगाएका थिए । र्याली पछि युवाहरुले नयाँवानेश्वर पुगेर सडक नाटक गरेका हुन् । सडक नाटकमा निर्मलाको कसरी हत्या गरिएको थियो भन्ने देखाईएको थियो ।
मुलुकभर दिनहुँ कयौ निर्मला माथि हिंसाका घटना भईरहेको र त्यस्ता घटनामा संलग्नलाई नियन्त्रणमा लिन सरकार असफल भएको संदेश पनि सडक नाटकमा दिईएको थियो । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया