देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीलेकेन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ ।
यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
राजधानी फेरि ट्रिपर आतंक, एक जनाको मृत्यु
राजधानी काठमाडौँको ढल्कुमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महानगरपालिका–१७ धोबीचौरका ३० वर्षीय अनिल गुरुङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल ठमेलमा उपचारका क्रममा ११ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेकपाका चार नेताद्वारा सचिवालय बैठक बहिस्कार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार नेताले सचिवालय बैठक बहिस्कार गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहस्कार गरेका हुन् ।
कांग्रेसलाई सरकारको प्रश्न, ‘निर्मला हत्यारा पत्ता लाग्यो, फेरि पनि आन्दोलन गर्छौ कि ?’
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक दलको आवरणमा कुनै शक्ति निर्मला पन्तको हत्यारा जोगाउन आउने सम्भावना रहेको बताएका छन् । ७० औ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १० औ मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दे मन्त्री पोखरेलले राजनीतिक दलहरु नै हत्याराको संरक्षणमा अघि सर्ने सम्भावना रहेको बताए ।
एचआईभी संक्रमणले महिलालाई दिएको पीडा, एक वर्षमा ६७६ जनाको मृत्यु
विमलबहादुर विष्ट/डोटी । दीपायल सिलगढी नगरपालिकी एक महिलालाई एचआईभी संक्रमण भएको सात वर्ष भयो । तीन सन्तानकी आमा परिवार पाल्नकै लागि सदरमुकाममा दैनिक ज्यालादारीमा जोखिमपूर्ण काम गर्दै आएकी छन् ।
कपिलवस्तुमा एकजनामाथि विप्लव कार्यकर्ताले कालोमोसो दले
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कपिलवस्तुमा एक जनालाई कालोमोसो दलेको छ । वाणगंगा नगरपालिका ३ कर्महनाका युवराज भुषाललाई विप्लव कार्यकर्ताहरुले कालोमोसो दलेका हुन् ।
‘प्रधानमन्त्री’ र ‘गृहमन्त्री’को घाँटीमा डोरी, आँखामा पट्टी
‘निर्मलाका निम्ति न्याय’ अभियानले आज पनि दबाबमूलक प्रदर्शन गरेका छन् । अभियानले शनिबार काठमाडौंको माइतीघर मण्डलामा सांकेतिक बिरोध सहित दबाबमूलक कार्यक्रम आयोजना गरिएको हो । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको ४ महिना बित्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै अभियान्ताहरूले स्वत:स्फूर्त रूपमा दबाबमूलक कार्यक्रमहरू आयोजना गरेका हुन्।
त्रिवि विश्वविद्यालय भित्रै क्रिश्चियन धर्मबारे प्रचार, ६ जना पक्राउ
त्रिभुवन विश्वविद्यालय भित्रै क्रिश्चियन धर्मबारे प्रचार प्रसार भईरहेको पाईएको छ । ग्रामिण क्षेत्र, आर्थिक विपन्न वर्गमा लक्षित धर्म परिवर्तन तथा प्रचार अब विश्वविद्यालयमै देखिएको हो । सरसफाईको नाममा त्रिवि वातावरण विज्ञानका विद्यार्थीहरुलाई क्रिश्चियन धर्मबारे प्रचार प्रसार गरिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजदूत लक्की शेर्पा स्वदेश फिर्ता
अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा नेपाल फर्केका छन्। परराष्ट्र मन्त्रालयले स्पष्टिकरण सोधेपछि राजदूत शेर्पा स्वदेश फर्केका हुन्। राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएको र धेरैलाई ठगेको आरोप लगाएका थिए। उनलाई ‘मानव तस्करी’ को आरोप लागेको छ।





























प्रतिक्रिया