वीरगन्जलाई राजधानी नबनाए आन्दोलन गर्ने चेतावनी : प्रदेश नं.२

वीरगन्जलाई राजधानी नबनाए आन्दोलन गर्ने चेतावनी : प्रदेश नं.२

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज

प्रदेश २ को स्थायी राजधानी वीरगन्जमा नबनाइए फेरि आन्दोलन गर्ने भन्दै यहाँका अगुवा र जनप्रतिनिधिहरुले चेतावनी दिएका छन् ।

प्रदेश २ को राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न प्रदेश सरकारले गठन गरेको संवाद तथा सुझाव अयोगले वीरगन्जमा बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधि र अगुवाहरुले आन्दोलनको चेतावनी दिएका हुन् ।

जनकपुरलाई अस्थायी राजधानी बनाएर संघीय सरकारले गरेको गल्ती अब प्रदेश सरकारले नसच्याए त्यसको परिणाम भयावह हुने पनि उनीहरुले बताए । प्रदेश घोषणा लगत्तै संघीय सरकारले प्रादेशको अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगन्जमा राजधानीको माग गर्दै ६ महिना सम्म लगातार आन्दोलन भएको थियो ।

अहिले फेरि प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि प्रदेश सरकारले रायसुझाव संकलन गर्न थालेपछि राजधानीको विवाद वीरगन्जमा सुरु भयो । प्रदेशको स्थायी राजधानी र नाम तोक्ने काम प्रदेशसभाको हो । तर एक सय सात सदस्यीय प्रदेश २ को प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नाम तोक्ने विषयमा सदस्यहरुबीच मतभिन्नता भएपछि यसबारे सुझाव संकलन गर्न प्रदेश सरकारले गठन गरेको आयोगले बिहीबार देखि काम सुरु गरेको छ ।
अन्नपूर्णबाट

Logo