गोंगबुमा माइक्रोको ठक्करबाट बालिकाको मृत्यु

गोंगबुमा माइक्रोको ठक्करबाट बालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको गोंगबुमा माइक्रो बसको ठक्करबाट तीन वर्षे बालिकाको ज्यान गएको छ।

रत्नपार्कबाट गोंगबु जाँदै गरेको बा १ ज ८४५९ नम्बरको माइक्रो बसले बिहिबार बिहान १० बजे गोंगबु र रेडन कलेज बिचमा ठक्कर दिँदा बालिकाको ज्यान गएको हो ।

मृत्यु हुनेमा झापा केचनाकलन घर भइ आमा बुबासँग काठमाडौं बस्दै आएकी ३ वर्षिय दिया यादव रहेकी छन् । गम्भीर घाइते भएकी यादवको उपचारका क्रममा कान्ति बाल अस्पातलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

माइक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Logo