देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
सामाजिक सुरक्षा योजना लागु, अब सबै श्रमिकले पेन्सन पाउने
सरकारले लाखौ श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको छ । उक्त योजना प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शुभारम्भ गरेका हुन् । योजना लागू भएसँगै श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्त सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनानुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने छन् । उक्त योजनाबमोजिम लामो समय योगदान गरेका श्रमिकले आजदेखि ‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्था अन्त्य भएको छ भने निश्चित अवधि सेवा गरेपछि उनीहरूले निवृत्तिभरण (पेन्सन) समेत पाउने वातावरण पनि बनेको छ ।
अपर तामाकोशी जलविद्युत आयोजनाको आईपिओ आज मंगलबार बाँडफांड भएको छ । बिक्रि प्रबन्धक नागरिक लगानी कोष बबरमहलको क्रिष्टल प्यालेसमा शेयर बाँडफांड गरेको हो । कुल ३ लाख ३९ हजार ७ सय ७५ आवेदकले आवेदन दिएकोमा ५ हजर ७ सय आवेदन रद्द भएको जनाएको छ । कुल ३ लाख ३४ हजार ७५ जनाले शेयर पाएका छन् । जस मध्ये १ लाख ७२ हजार ७ सय ७५ जनाले ५० कित्ता शेयर पाएका छन् । बाँकि १ लाख ६१ हजार ३ सय जनाले ४० कित्ता शेयर मात्र पाएका छन् ।
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा दोश्रो पटक सभापति शेरबहादुर देउवाबिरोधी नेताहरु भेला भएका छन् । महासमिति बैठक नजिकिदै गर्दा सभापति देउवाको बिपक्षी नेताहरुको भेला बाक्लिएको हो ।
मानसिक समस्यापछि अस्पताल भर्ना भएका निर्मला पन्तका बाबुको स्वास्थ्यमा सुधार आएको छ । छोरीको न्यायको लागि अनिश्चितकालिन धर्नामा बसेका बेला यज्ञराज पन्तलाई मानसिक समस्या देखिएको थियो । उनी बेला बेला कराउने, जो देख्यो त्यसैलाई झम्टिने, गालीगलौज गर्ने जस्ता कार्य गर्न थालेपछि कञ्चनपुरबाट ल्याएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । उनमा तनावका कारण लाग्ने मनोवैज्ञानिक समस्या देखा परेको चिकित्सकहरुले बताएका छन् । उनीहरुको भाषामा यसलाई ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिसअर्डर’ भन्छिन् ।
अस्थायी शिक्षकको धेरै विषयको नतिजा निल (विस्तृत विवरणसहित)
शिक्षक सेवा आयोगले सोमबारबाट अस्थायी शिक्षक परीक्षाको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । पहिलो चरणमा निमावि तह अन्तर्गत सबै क्षेत्रको गणित र विज्ञान तथा पूर्वाञ्चल र मध्यमाञ्चलको गणितको नतिजा सार्वजनिक गरिएको थियो । कतिपय विषयको नतिजा भने शुन्य देखिएको छ । विज्ञापन भएको पदमा आवश्यकता अनुसार परीक्षामै सहभागी नभएको र भए पनि अन्तरबार्ताका लागि छनौट हुन नसकेको नतिजा सार्वजनिक भएको हो ।
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया