बिर्तामोड
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रतिपक्षीले सरकार फेल भयो भन्नुको कुनै अर्थ नरहने बताएका छन् । शनिबार झापाको अर्जुनधारामा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले प्रतिपक्षी दल कांग्रेसले सरकारको कामको मुल्याङ्कन गर्ने समय अहिले नभएको बताएका हुन् ।
उनले कांग्रेस सरकारमा भएको समयमा बिगारेको कामलाई सपार्दै सरकारको यतिका समय बितेको बताए । विगतमा गरेका निर्णयलाई कार्यान्वयन गर्दै सरकार अघि बढेकाले कांग्रेसले सरकारको निर्णय गलत भन्नु आफ्नो गलत निर्णयको ढाकछोप गर्नु मात्र भएको दाबी गरे । ‘निर्णय गर्ने बेला होस छैन, अहिले कार्यान्वयन गर्दा सोहि निर्णय किन अपाच्य भयो ?’ उनले प्रतिपक्षी दललाई प्रश्न गरे ।
राष्ट्रपतिलाई गाडी र प्रहरीको प्रशिक्षणको विषयलाई अहिले प्रतिपक्षी दलले विवादको मुख्य विषय बनाएको बताउँदै मन्त्री पण्डितले ती सबै निर्णय प्रतिपक्षी दल सरकारमा भएकै समयमा गरिएको निर्णय भएको खुलासा गरे । निर्णय गर्ने समयमा होस नपुर्याउने र अहिले सोहि विषयमा धारणा बनाउनुको कुनै अर्थ नभएको उनको भनाई छ ।
राष्ट्रसेवक कर्मचारीका विषयमा बोल्दै मन्त्री पण्डितले भविष्यमा स्थानीय, प्रदेश र केन्द्रिय तहको राष्ट्रसेवक कर्मचारी हुने र उनीहरुको सेवा सुविधा पनि फरक बनाउने तयारीमा सरकार रहेको बताए । उनले स्थानीय तहको क्षमता अनुरुप पनि सेवा सुविधा फरक हुने संघिय निजामती ऐनको तयारी गरिरहेको बताए । एक महिना अघि देखि सो निजामती ऐनका विषयमा क्याबिनेटमा छलफल भईरहेकाले क्याबिनेटले निर्णय गर्न साथ लागू हुने हुँदा सोहि अनुसारको मानसिकता बनाउन मन्त्री पण्डितले कर्मचारीलाई निर्देशन दिए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया