प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबारे लेखिएको पुस्तक ‘बीपीको विद्रोह’ यही मंसिर ७ गत शुक्रबार सार्वजनिक हुने भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच पूर्वराष्ट्रपति रामवरण यादवले कृति विमोचन गर्ने कार्यक्रम रहेको छ।
पत्रकार जगत नेपालको खोजमूलक तथा अनुसन्धानात्मक पुस्तक बाह्रखरी बुक्सले प्रकाशन गरेको हो । पुस्तकमा सूक्ष्म अध्ययन र स्थूल वर्णन गरिएको छ ।
पुस्तकमा बीपीका राजनीतिक जीवनका लुप्त पाटा र विद्रोहको आयामलाई समेटिएको छ । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि बीपीले गरेको सङ्घर्ष, चालेको कदम, उनको विद्रोही चेत र विद्रोहका क्रममा उनले झेल्नुपरेका अनेक संकटको मिहीन ढंगले विवेचना गरिएको छ ।
नेपाली वाङ्मयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैलीका प्रवत्र्तक समेत मानिएका बीपीका आफ्नै आत्मपरक कृति (आफ्नो कथा र जेल जर्नल) पनि प्रकाशित छन् । पुस्तकमा बीपी स्वयम्ले उजागर नगरेका वा उजागर गर्न बाँकी रहेका तथ्यहरुलाई एकत्रित गरेर चिरफार गर्ने प्रयास गरिएको लेखक नेपालले जानकारी दिए ।
लेखक नेपालका ‘पहिलो संसद– बीपी महेन्द्र टकराव’ ‘आफ्नै कुरा, गिरिजाप्रसाद कोइरालाको जीवनी’, ‘सदन, सत्ता र सडकमा नेपाली कांग्रेस’ लगायत पुस्तक प्रकाशित छन् ।





























प्रतिक्रिया