काठमाडौँ

सरकारले ३ पुस ०७३ मै अनलाइनबाट श्रम स्वीकृति लिने घोषणा गरेको थियो  । त्यति मात्र होइन, श्रम मन्त्रालयले गत १५ असोज देखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीसँगै श्रम स्वीकृति लगायत सबै काम अनलाइनबाट गर्न सकिने व्यवस्था सार्वजनिक गर्यो । "/>

वैदेशिक रोजगारमा जानेको लाइन वढ्दै

वैदेशिक रोजगारमा जानेको लाइन वढ्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले ३ पुस ०७३ मै अनलाइनबाट श्रम स्वीकृति लिने घोषणा गरेको थियो  । त्यति मात्र होइन, श्रम मन्त्रालयले गत १५ असोज देखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीसँगै श्रम स्वीकृति लगायत सबै काम अनलाइनबाट गर्न सकिने व्यवस्था सार्वजनिक गर्यो ।

सरकारको यो घोषणा अनुसार श्रम स्वीकृतिको फाराम भर्न मात्र होइन, श्रम स्वीकृतिका चरणको प्रगति स्थिति अनलाइनबाट नै थाहा पाउन, आफ्नो श्रम स्वीकृति भए–नभएको विवरण मोबाइल, एसएमएस, वेबसाइट र एप्सबाटै जानकारी लिन सकिने भनिएको थियो ।

तर सरकारको घोषणा कसरी कार्यान्वयन भएको छ – ताहाचलस्थित श्रम कार्यालयमा लाइन लागेका युवाको यही भिडबाट प्रस्ट हुन्छ । श्रम स्वीकृतिका कागज बुझाउन युवाहरू बिहान ३ बजे देखि लाइन लाग्नु पर्ने बाध्यता छ । त्यसमा पनि दिनमा करिब चार सयको काम हुन्छ, चार सय जति नै विना उपलब्धि फर्कनु पर्ने अवस्था छ ।
नयाँ पत्रिकाबाट

 

Logo