उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँकी १२ वर्षीया एल्जिना खड्काको हत्या आरोपमा प्रहरीले ५ जना स्थानीयलाई पक्राउ गरेको छ। "/>

एल्जिना काण्ड: शंकास्पद ५ जना पक्राउ

एल्जिना काण्ड: शंकास्पद ५ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँकी १२ वर्षीया एल्जिना खड्काको हत्या आरोपमा प्रहरीले ५ जना स्थानीयलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले स्थानीयको भनाइका आधारमा शंकास्पद ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दिए। पक्राउ गरिएकाहरुमा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र नाम नखुलेका एक जना रहेका छन् । तालिम प्राप्त कुकुरको संकेतका आधारमा प्रहरीले स्थानीय पाँच युवालाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानबाट बलात्कारपछि हत्या भएको देखिए पनि अनुसन्धानपछि बास्तबिकता भन्न सकिने एसपी राइले बताए । बालिकाको जुत्ता शव भन्दा टाढा फेला परेको छ भने बालिकाको मलद्धार च्यातिएको, घाँटीमा निलडाम, योनीस्थल पनि असामान्य अबस्थामा फेला परेको उनले जानकारी दिए।

शनिबार बाख्रा चराउन गएकी एल्जिनाको शव गत आइतबार लाफागाउँको अमला जंगलमा फेला परेको थियो । स्थानीय दुर्गाबहादुर खड्काकी छोरी एल्जिनाको  मुखमा नेपकिन खादेको अबस्थामा फेला परेको हो। रातीसम्म पनि घर नफर्केपछि स्थानीयले उनको खोजी गरेका थिए।  खोज्दै जाँदा मृत अबस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। एल्जिनाको परिवारले उनको सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ।

बालिकाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनास्थल सदरमुकाम गाईघाटबाट करिब ७५ किलोमिटर उत्तरी विकट क्षेत्रमा पर्छ। 

Logo