गाईघाट

उदयपुरको बेलका नगरपालिकामा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर आइतबार साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । "/>

वनभोज खाएर फर्कनेहरु चढेको ट्याक्टर दुुर्घटना : ३ जनाको मृत्यु

वनभोज खाएर फर्कनेहरु चढेको ट्याक्टर दुुर्घटना : ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गाईघाट

उदयपुरको बेलका नगरपालिकामा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर आइतबार साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ३४ मध्ये पाँच जनाको अवस्था गम्भीर छ भने २८ सामान्य छन् ।

मदन भण्डारी लोकमार्ग अन्तर्गतको धरान–चतरा–गाईघाट सडक खण्डको बेलका नगरपालिका ८ रङ्गमहलमा स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा बेलका नपा २ का १९ वर्षीया विनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दीपीका चौधरीको मृत्यु भएको हो ।

उदयपुर र सुनसरी जिल्लाको सीमाना चतराघाटको कोसी पुलमा वनभोज खाएर घर बेलका नपा २ को तपेश्वरी वेलहा फर्कनेक्रममा उकालो घुम्तीमा मोडनेक्रममा ट्याक्टर दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका प्रहरी निरीक्षक नविनकुमार सिंहले जानकारी दिए ।

घटना लगत्तै पुगेको प्रहरी टोली र स्थानीयले घाइतेको उद्धार गरी उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा तीन जनाको बाटोमा मृत्यु भएको हो । सडकबाट २५ मिटर तल खसेको ट्याक्टरमा ३७ जना सवार थिए ।
अन्नपूर्णबाट

Logo