काठमाडौँ
पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नेपाल संवत् ११३९ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाल संवतका अवसरमा आज शुभकामना सन्देश जारी गरेर विपक्षी दलका नेता देउवाले पारस्परिक एकता र सद्भावलाई अघि बढाउन सकेमा मात्र नेपाललाई शान्त, समृद्ध र समुन्नत बनाउन सकिने बताउनु भएको छ ।
सन्देशमा उहाँले हाम्रो देशलाई शान्त, समृद्ध र समुन्नत राष्टमा रुपान्तरण गर्न नेपाल संवतको नयाँ दिनले यही प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
यसैगरी भाइटीकाको अवसरमा उहाँले आजै अर्को एक शुभकामना सन्देश निकालेर अन्धकार विनाश गर्ने उज्यालोको यो चाडले नेपालको अभिशापका रुपमा रहेको सबै खालको अँध्यारो माथि विजय प्राप्त गर्न प्रेरणा मिलोस् भन्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
रासस





























प्रतिक्रिया