काठमाडौँ

नेपाली नागरिकले स्वेच्छिक दान गरेको रगत नेपाल रेडक्रस सोसाइटीले विभिन्न परीक्षणको बहानामा असुल्दै आएको शुल्क नै गैरकानुनी भन्दै सवाल उठिरहेको अवस्थामा पछिल्लो समय नेपाल रेडक्रसले प्रतियुनिट रगतमा १ सय रुपैयाँ बढाउने निर्णय गरेकोमा तत्काल रोक्न सरकारले नेपाल रेडक्रस सोसाइटीलाई निर्देशन दिएको छ । "/>

रगतको मूल्य नबढाउन सरकारको निर्देशन

रगतको मूल्य नबढाउन सरकारको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाली नागरिकले स्वेच्छिक दान गरेको रगत नेपाल रेडक्रस सोसाइटीले विभिन्न परीक्षणको बहानामा असुल्दै आएको शुल्क नै गैरकानुनी भन्दै सवाल उठिरहेको अवस्थामा पछिल्लो समय नेपाल रेडक्रसले प्रतियुनिट रगतमा १ सय रुपैयाँ बढाउने निर्णय गरेकोमा तत्काल रोक्न सरकारले नेपाल रेडक्रस सोसाइटीलाई निर्देशन दिएको छ ।

रक्तदान सम्बन्धी कार्यक्रमको नियमन गर्ने निकाय राष्ट्रिय रक्तसञ्चार ब्युरोले रेडक्रस अन्तर्गतको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र ब्लड बैंकलाई पत्र लेखी सो निर्देशन दिएको हो । उनले ब्युरोको निर्णय अनुसार रगतको मूल्य बढाएको भन्ने सूचनाका विषयमा समेत ब्लड बैंकसँग स्पष्टीकरण माग गरेको छ ।

ब्युरोको निर्णय अनुसार भन्दै केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र ब्लड बैंकले गत १५ कात्तिकमा एक सूचना जारी गरी प्रतियुनिट रगतमा १ सय रुपैयाँ थप गरिएको बताएको थियो । यसअघि बिरामीका आफन्तले प्रतियुनिट सरकारी अस्पतालका लागि भए ५ सय २५ रुपैयाँ र निजी अस्पतालका लागि भए ६ सय ७५ रुपैयाँ तिर्दै आएका थिए ।
नेपाल समाचारपत्रबाट

Logo